प्रधान न्यायाधीश पराजुलीलाई थप दवाव, ८ न्यायाधीशद्वारा इजलास बहिस्कार


प्रधान न्यायधिस गोपाल पराजुलीले आफुहरुको सुझाव विपरित न्याय सम्पादनबाट अलग हुन नमानेपछी सर्वोच्च अदालतका आठ न्यायाधिशहरुले इजलासमा नबस्ने निर्णय  छन्। आज तोकिएका कुनै पनि इजलासमा उनीहरु सहभागी भएनन्।

इजलासमा नबस्ने न्यायाधीशहरुमा सपना प्रधान मल्ल,  ईश्वर खतिवडा, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, आनन्द मोहन भट्टराई, दीपकराज जोशी र प्रकाशसिंह राउत छन्।

प्रधान न्यायाधिश पराजुलीले ११ ओटा इजलास तोकेका थिए। तर बिहान ११ बजे देखि सुरु भएको इजलासमा यी आठ न्यायाधीशहरु उपस्थित भएनन्। उनीहरु बीच छलफल भएर नै इजलास बहिस्कार गर्ने निर्णय भएको बताएका छन्।

आठ न्यायाधीशहरुले इजलास बहिस्कार गरे सँगै प्रधान न्यायाधीस पराजुली थप दवावमा पर्ने देखिन्छ। यस अघि नै अर्का एक न्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलास बहिस्कार गरिसकेका थिए।

अन्य इजलासहरुमा भने बहस भयो।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *