गणेश तिमल्सिना राष्ट्रीय सभा सभामुखमा निर्वाचित
नेकपा एमालेका गणेश तिमल्सिना आज आधिकारिक रुपमा राष्ट्रीय सभाको सभामुखमा निर्वाचित भएका छन्।
निर्धारित समयमा तिमल्सिनाको मात्र उम्मेद्वारी परेपछी उनि निर्विरोध निर्वाचित भएका हुन्। प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले आफ्नो उम्मेदवार नउठाए पछी उनि निर्विरोध बनेका हुन्।
तिमल्सिनाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथग्रहण गर्नेछन्।