बहुप्रतिक्षित वाम एकता ‘कम्युनिष्ट पार्टी स्थापना दिवस’ कै दिन हुने


नेकपा एमाले र माओवादी केन्द्र बिचको एकता घोषणापछी धेरै पटक फुटको स्थितिमा आएपनि अब भने बैशाख १० गते एकता हुने तय भएको छ| बैशाख १० गते कम्युनिष्ट पार्टी एकता दिवसको दिन एकता गर्दा कम्युनिष्ट आन्दोलन एकजुट भएको संदेश पनि जाने भएकोले यस दिन चुनिएको बुझिएको छ|

एकता संबन्धी संगठनात्मक संरचना तथा सैद्धान्तिक राजनीतिक विषय संबन्धी गृहकार्य गर्न गठित कार्यदलको काम अन्तिम चरणमा पुगेको र एकताको खाका संबन्धी सबै काम सकिए दिवस कुर्नु पनि नपर्ने एमाले उपमहासचिव विष्णु पौडेलले जनाए| बढीमा स्थापना दिवसको दिनसम्म पुग्ने उनको भनाई छ|

दुबै पार्टीका अध्यक्षहरूहरूले संयुक्त नेतृत्वमा अघि बढ्ने सहमती गरिसकेका छन् जस अनुसार एकिकृत पार्टीमा २ अध्यक्ष रहने छन्| अध्यक्ष बाहेक अन्य पदाधिकारी नराखी सिधै स्थाई समिति, पोलिटब्युरो र केन्द्रीय समिति रहने छन्| यी समितिहरुको आकारको भने अझै टुंगो लागिसकेको छैन|

केन्द्रमा एकता भए पश्चात सोही अनुसार प्रदेश, जिल्ला हुँदै स्थानीय तह सम्म एकीकरणको काम अघि बढ्नेछ| केन्द्र कै एकता विधि अनुसार तल्लो तहमा एकता हुने भएकोले त्यसमा सहजता नै रहने उनीहरुको दाबी छ|

असोजमा भएको बामगठबन्धनको सहमती र फाल्गुन ७मा भएको एकता संबन्धी ७ बुँदे सम्झौतालाई नै आधार बनाएर पार्टी एकता प्रक्रिया अगाडी बढी रहेको छ| सहमती अनुसार माक्सवाद र लेनिनवादलाई पार्टीको मूल सिद्धान्तको रुपमा अवलम्बन गरिनेछ र शान्तिपुर्ण लोकतान्त्रिक प्रतिस्पर्धालाई मूल राजनीतिक लाइनको रुपमा लिइनेछ|

एमालेको जनताको बहुदलीय जनवाद तथा माओवादी केन्द्रको माओवादको विषयमा भने एकता महाधिवेशनसम्म वहस तथा छलफल गरि एकता महाधिवेशनबाट नै टुंगो लगाइनेछ|

श्रोत: कान्तिपुरमा समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *