नेपालीलाई भाँड्ने सबै एनजीओ बन्द गर्नुपर्छ – पुर्व सचिव भिम उपाध्यक्ष


नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायले नेपाल र नेपाली भाँड्ने एनजीओहरू तत्काल बन्द गर्नु पर्ने बताएका छन्।

एनजीओ मार्फत आएको पैसाको बलमा नै समाजलाई भाड्ने तताकथित समाजसेवी तथा अधिकारवादीले समाजलाई दुर्गन्धित बनाएको उनको भनाई छ। उनीहरुको मूल आर्थिक श्रोत युरोपियन युनियन, विदेशी दुतावास तथा अन्तर्राष्ट्रीय गैर सरकारी संस्थाहरु रहेको र अहिले तिनको पैसा कै आडमा इशाइकरण भइरहेको छ।

काठमाडौँमा नै विगत १० बर्षमा ७०० चर्च तथा देशभरीमा १० हजार चर्च बनिसकेको र यो सब हुनुमा यिनै एनजीओ/आइएनजियोको हात रहेको उनको भनाई छ।

पुर्व सचिब उपाध्यायले नेपालले ‘भिख दो, सिख मत दो’ को रबैया पनि त्याग्नु पर्ने बताएका छन्। सर्वोच्च अदालत, संसद , निर्वाचन आयोग, सेना, प्रहरी, प्रमको कार्यालय जस्ता संगठन व्यवस्थापन/संचालनमा बस्तुगत सहयोग बाहेक अन्य कुनै विदेशी सहयोग लिन सरकारले तुरून्त बन्द गर्नु पर्ने उनको भनाई छ।

भारतमा त्यहाँका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार बनेपछी हालसम्ममा करिब २५ हजार एनजिओ बन्द भएको कुरा पनि उनले उल्लेख गरेका छन्।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *