कर्णाली प्रदेशका सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने प्रक्रिया सुरु


कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले सबै सरकारी कार्यालयमा कार्यालय समयमा फेसबुक बन्द गर्ने प्रक्रिया अगाडी बढाएका छन्।

कार्यालय समयमा फेसबुक बन्द गर्ने विषयमा छलफलको लागि उनले आइतबार सुर्खेतका सबै इन्टरनेट सेवा प्रदायक (ISP) हरुलाई आफ्नै कार्यालयमा बोलाएर छलफल गरेका छन्।

छलफलपछी उनले कार्यालय समयमा फेसबुकको कारण जनतालाई सेवा प्रदान कार्यमा वाधा नपुगोस भन्ने उद्देश्यका साथ सबै सरकारी कार्यालयहरुमा बिहान १० देखि ४ बजेसम्म फेसबुक बन्द गरिने बताए। यसका लागि सबै इन्टरनेट सेवा प्रदायकहरुलाई मुख्यमंत्री तथा मन्त्रीपरिषदको कार्यालयबाट नै आधिकारिक पत्र पठाइने छ।

काठमाडौँमा प्रेस सम्मेलन गर्दै फेसबुक बन्द गर्ने घोषणा गरेका मुख्यमन्त्री शाहीले आफ्नो घोषणा अनुरुप आजबाट सरकारी कार्यालयहरुमा कार्यालय समयमा फेसबुक बन्द गर्ने प्रक्रिया अगाडी बढाएका हुन्।

 

Loading...