विवेकशील साझा पार्टीको दिल्लीमा इकाई गठन, १ सय ५ सदस्यीय समितिको घोषणा


विवेकशील साझा पार्टीले भारतको नयाँ दिल्लीमा भेलाको आयोजना गर्दै प्रवासी संगठन निर्माण सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा कमल बहादुर ढाँटको अध्यक्षतामा १०५ सदस्यीय समितीको घोषणा गरिएको थियो। निर्वाचन पछी संगठन बिस्तारको कार्यक्रममा ढिलाई भैरहेको बेलामा दिल्लीमा खुलेको इकाईले संगठन बिस्तार गतिविधिमा तिब्रता ल्याउने कार्यक्रमका एक सहभागीले बताए।

विवेकशील साझा पार्टीका प्रदेश ७का उप संयोजक दिनेश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित सबै सदस्यहरुले अब जोडदार रुपमा वैकल्पिक शक्ति निर्माणमा लाग्ने प्रतिबद्धता जनाए।

प्रदेश ७का उपसंयोजक भण्डारीले देशको हितको बारेमा सोच्ने सबै नेपालीहरु देशको सच्चा विवेकशील सिपाही भएको बताए।

 

Loading...