सरकारले कटौती गर्यो सार्वजनिक बिदा, कति दिनको बिदा घट्यो?


नेपाल सरकारले २०७५ सालको सार्वजनिक बिदाको कटौती गरी ८९ दिन पुर्याएको छ।

मन्त्रीपरिषदले बुधबार गरेको निर्णय अनुसार २०७५ सालमा सार्वजनिक बिदा २२ दिनले घट्नेछ। संचार राज्यमन्त्री गोकुल बास्कोटाले बताएका अनुसार २०७५ सालमा सरकारी कार्यालयहरु दिन बढी खुल्नेछन्।

नेपाल सरकारले लिएको सम्वृद्धीको लक्ष हासिल गर्नको लागि सार्वजनिक बिदा घटाई कार्यदिवस बढाउनु पर्ने राज्यमन्त्री बास्कोटाले बताए।

२०७५ सालमा हुने ८९ दिनको सार्वजनिक बिदा मध्य ६७ दिन सबैको लागि बिदा हुनेछ भने २२ दिन खास धर्म वा सम्प्रदायलाई बिदा हुनेछ। यो वर्ष पुरै बिदा भएका १० वटालाई आंशिक बनाइएको छ भने १२ वटा बिदा पूर्ण रुपमा कटौती भएको छ।

Loading...