२०८०, १९ मंसिर मंगलवार

कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन नेकपाले निर्देशन

Nayaprahar Logo
नयाँप्रहर संवाददाता

काठमाडौँ, असोज ३१

Share:
कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन नेकपाले निर्देशन

नेपाल कम्युनिष्ट पार्टीले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन निर्देशन दिएको छ। स्रोतका अनुसार उनले आजै पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नेछन्।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरु प्रति आपत्तिजनक अभिव्यक्ती दिएपछी मन्त्री तामाङ विवादमा तानिएका थिए। उनको राजिनामा माग गर्दै उनको व्यापक विरोध भइरहेको छ। नेकपा कै नेताहरुले समेत उनको आलोचना गरेका छन्।

विवाद बढेपछी मन्त्री तामाङले उक्त अभिव्यक्तीको लागि माफी मागेका थिए। तर पनि उनको विरोध हुने क्रम नरोकिएपछी आज नेकपा नेतृत्वले उनलाई राजिनामा दिन निर्देशन दिएको छ।

डा. केसीको अनसनले निम्त्याएको दवावका बीच मन्त्री तामाङ विरोधले झन् सरकारलाई समस्यामा पारेपछी प्रधानमन्त्री ओली लगायत नेकपाको शिर्ष नेताहरु हिजो साँझ छलफलमा जुटेका थिए। छलफलपछी मन्त्री तामाङलाई राजिनामा दिन निर्देशन दिने निर्णय भएको थियो।

मन्त्री तामाङले आज दिउसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन बोलाएका छन्। उनले उक्त पत्रकार सम्मेलन मार्फत राजिनामा घोषणा गर्ने तयारी भएको बुझिएको छ।

प्रकाशित मिति: २०७५, ८ श्रावण मंगलवार १४:४९ at 2:49 pm

Share:

प्रतिक्रिया दिनुहोस्

थप