मोदीले भने भारत र काठमाडौँलाई जोड्ने रेलमार्ग बनाइनेछ (भिडियो सहित)


भारतको भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज संयुक्त पत्रकार सम्मेलन संपन्न भएको छ। पत्रकार सम्मेलनको सुरुवात विरगंजको इन्टेग्रेटेड चेकपोइण्टको उद्घाटन गरेर भएको थियो।

पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँलाई भारतसँग जोड्ने रेलमार्ग संयुक्त रुपमा बनाउने कुरा बताएका छन्। चिनबाट काठमाडौँ सम्मको रेलमार्ग बनाउने संझौता ओलीको अघिल्लो कार्यकालमा चिनसँग संझौता भएको थियो।

नेपाललाई सहज रुपमा जलमार्ग प्रदान गर्ने विषयमा पनि सहमती भएको बताएका छन्। मोदीले भने ‘यस सँगै सगरमाथाको देश सागरसँग  पनि जोडिने छ।’

कृषी क्षेत्रको विकासमा पनि भारत र नेपालबीच थप सहकार्य हुने कुरा पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले जानकारी दिए। यसका साथै, अहिले चलिरहेका भारतीय लगानीका परियोजनाहरुलाई द्रुत रुपमा सम्पन्न गर्न पनि दुवै जना सहमत भएको बताइएको छ।

पत्रकार सम्मेलनको पुर्ण भिडीयो हेर्नुहोस्:

Loading...