३३ किलो सुन प्रकरणमा मकवानपुरका प्रहरी प्रमुख खनाल परे थुनामा


३३ किलो सुन तस्करी प्रकरणमा आश्चर्यजनक रुपमा उच्च पदस्थ प्रहरी अधिकृतहरुको नै मिलेमतो रहेको तथ्यहरु सार्वजनिक भइरहेका छन्। यसै क्रममा सोही प्रकरणमा हिजो छानबिनका लागि मकवानपुर जिल्लाका प्रहरी प्रमुख एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ।

गृह मन्त्रालयका अनुसार एसपी खनाललाई बयानपछी नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयको एक नम्बर गणमा राखिएको छ। उनसँग मंगलबार गृह मन्त्रालयबाट गठित समितिले बयान लिएको र सोही बयानापछी नियन्त्रणमा लिइएको बुझिएको छ।

३३ किलो सुन तस्करी प्रकरणमा नै गत आइतबार समितिले पूर्व डिअाइजी गोविन्द निरौलालाई पनि पक्राउ गरेको थियो।

Loading...