Categories: समाज

राजधानी सम्भाव्यता अध्ययन समिति प्रति जन सरोकार केन्द्र मकवानपुरलाई आपत्ती

३ नं प्रदेशको राजधानीको सम्भाव्यता अध्ययन गर्ने भनि बनाइएको समिति प्रति गम्भीर असहमती रहेको कुरा जन सरोकार केन्द्र मकवानपुरले प्रेस विज्ञप्ती मार्फत जनाएको छ।

मकवानपुरका कुनै पनि सभासद तथा विज्ञ नराखी बनाईएको यस समितिले गर्ने अध्ययन प्रति गम्भीर आशंका रहने जन सरोकार केन्द्र मकवानपुरका संयोजक ध्रुब प्रसाद चौलागाईले बताएका छन्।

मकवानपुर जन सरोकार समितिबाट जारी भएको प्रेस विज्ञप्ती:

बिषयः– बिषय बिज्ञ र मकवानपुरका सभासद नरहेको ३ न. प्रदेशको राजधानी सम्भाव्यता अध्ययन समिति अस्वीकार्य ।

नेपालको संविधान 2072 को धारा 288 (3) बमोजिम हेटौडामा तोकिएको ३ नं प्रदेशको राजधानिलाई विवादित बनाउने गरि राजधानीको सम्भाव्यता अध्ययन गर्ने भनि समिति निर्माण हुनु भनेको हेटौडाको बिकल्प खोजिनु भएकोले यो बिषयमा यस केन्द्रको गम्भिर असहमति रहेको छ ।
सम्भाव्यता अध्ययन गर्ने कुरा सभासद ज्युहरुवाट भन्दा बिषय बिज्ञहरुबाट हुनु पर्नेमा सभासद ज्युहरुलाई मात्रै समितिमा राख्ने कुराले सत्य तथ्य अध्ययन हुन सक्दैन की भन्ने हाम्रो आशंका रहेको छ ।
अर्को तर्फ तीन नं प्रदेश राजधानीको सम्भाव्यता अध्ययन गर्ने समितिमा राजधानी रहेको मकवानपुर जिल्लावाट एक जना पनि सभासद नपर्नुले समिति अधुरो समेत रहेको र यस्ले गर्ने अध्ययनको निश्पक्षतामा समेत शंका रहने हुनाले बिषय बिज्ञहरु र मकवानपुर जिल्लाका एक जना सभासद समेत पर्ने गरि राजधानी सम्भाव्यता अध्ययन समिति वनाउन सम्बन्धित निकाएको ध्यानाकर्षण गराउदै यो प्रेश बिज्ञप्ति प्रकाशित गरिएको छ ।

संयोजक ध्रुब प्रसाद चौलागाई जन सरोकार केन्द्र, मकवानपुर,
२०७५।०१।१५

सम्पादन गरिएको: April 28, 2018, 5:03 pm

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am