Categories: समाज

‘जँड्याहा’ भारतीय नागरिक छुटाउन प्रहरी चौकीमा आक्रमण, गाउँपालिका उपाध्यक्ष पक्राउ

अपराधी छुटाउन गएको उछृङखल समूहले सोमबार बिहान  जिराभवानी गाउँपालिका–२, सेढवामा रहेको इलाका प्रहरी कार्यालयमा आक्रमण गरेको कुरा जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्साले ठोरी गाउँपालिका–४, सुवर्णपुरबाट मोबाइल चोरी र मादक पदार्थ सेवनको आरोपमा पक्राउ परेका ६ जनालाई छुटाउन उक्त समुहले आक्रमण गरेको हो।

उछृङखल समूहसँगको झडपमा ५ जना प्रहरीहरु पनि घाइते भएका छन्। घाईते हुनेमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव रहेका छन् । उनीहरु मध्ये प्रहरी जवान यादवको अवस्था गम्भिर रहेको बताईएको छ ।

उछृङखल समूहले प्रहरीको बा २ ब ५७०५ र ना १४ प ४५७७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन्। अवस्था नियन्त्रण बाहिर गएपछी प्रहरीले भिडलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर नै गर्नुपरेको थियाे।

प्रहरीले जनाए अनुसार भिडसँग मिसिएर भारतीयहरूले पनि आक्रमण गरेका थिए।

गाउँपालिका उपाध्यक्ष उषा चौधरी पक्राउ

पक्राउ परेका ६ जना मध्ये एक जना भारतीय नागरिक जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीकी ज्वाई पर्ने व्यक्ती रहेको स्थानीयले बताएका छन्। आफ्नो नातेदार उक्त भारतीय नागरिकलाई छुटाउन स्थानीयवासीहरूलाई आक्रमणको लागि उक्साएको आरोपमा चौधरीलाई प्रक्राउ गरिएको हो।

उपाध्यक्ष चौधरीलाई छिमेकी शुभनारायण पटेलको घरमा लुकेर बसको अवस्थामा आज बिहान प्रहरीले पक्राउ गरेर सोधपुछको लागि नियन्त्रणमा लिएको हो।

सम्पादन गरिएको: May 7, 2018, 1:44 pm

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am