समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्याली
‘समाज उन्मुख नेपाल हाम्रो चाहना’ भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्याली गरे।
महाराजगंज शिक्षण अस्पतालबाट सुरु भएको र्याली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सम्पन्न भएको थियो। चिकित्सा शिक्षा जस्तो राज्यको दाइत्वको क्षेत्रमा चरम निजीकरण भएको भन्दै उनीहरुले विरोध र्याली गरेका हुन्।
‘दुइ तिहाइको महुमत सहितको बाम सरकारको पारा चै उग्रपुँजीवादीको जस्तो भयो। संविधानमा नै नेपाललाई समाजवाद उन्मुख देश भनेर उल्लेख भएको अवस्थामा समाजवादको संरचना चै कतै देखिएन। त्यसैले, समाजवादको खोजीमा टर्चलाइट र्याली गरेका हौँ।’ उक्त र्यालीका संयोजन गर्ने अभियानता प्रितम सुवेदीले नयाँ प्रहरलाई बताए।
निरन्तर वर्षा भएको भएता पनि र्यालीका सहभागीहरुले एक हातमा छाता र अर्को हातमा टर्चलाइट बोकेर आफ्नो आवाज सशक्त रुपमा प्रस्तुत गरेका थिए।