Categories: समाज

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

‘समाज उन्मुख नेपाल हाम्रो चाहना’ भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे।

महाराजगंज शिक्षण अस्पतालबाट सुरु भएको र्‍याली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सम्पन्न भएको थियो। चिकित्सा शिक्षा जस्तो राज्यको दाइत्वको क्षेत्रमा चरम निजीकरण भएको भन्दै उनीहरुले विरोध र्‍याली गरेका हुन्।

‘दुइ तिहाइको महुमत सहितको बाम सरकारको पारा चै उग्रपुँजीवादीको जस्तो भयो। संविधानमा नै नेपाललाई समाजवाद उन्मुख देश भनेर उल्लेख भएको अवस्थामा समाजवादको संरचना चै कतै देखिएन। त्यसैले, समाजवादको खोजीमा टर्चलाइट र्‍याली गरेका हौँ।’ उक्त र्‍यालीका संयोजन गर्ने अभियानता प्रितम सुवेदीले नयाँ प्रहरलाई बताए।

निरन्तर वर्षा भएको भएता पनि र्‍यालीका सहभागीहरुले एक हातमा छाता र अर्को हातमा टर्चलाइट बोकेर आफ्नो आवाज सशक्त रुपमा प्रस्तुत गरेका थिए।

सम्पादन गरिएको: July 25, 2018, 7:45 am

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन नेकपाको निर्देशन

नेपाल कम्युनिष्ट पार्टीले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन निर्देशन दिएको छ। स्रोतका अनुसार उनले आजै पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नेछन्।…

श्रावण ८ 11:39 am