Categories: Latestसमाज

‘कुरा गाईको होइन राष्ट्रीय जनावरको हो, राष्ट्रीयतालाई कसरी काटेर खाने?’ – लियाकत अलि

गाईको बारेमा सामाजिक संजालमा अहिले निक्कै धेरै वहस चलिरहेको बेलामा मुस्लिम समुदायका युवा लियाकत अलि र सामाजिक अभियानकर्ता तथा युवा संघ नेपाल जनकपुरका युवा नेता मोहम्मद रियाज साफीले भने नेपाली मुस्लिमहरुले कहिल्यै पनि गाईको मासु खान पाउनु पर्छ नभनेको कुरा बताएका छन्।

मुस्लिम समुदाय राष्ट्रीयताको सवालमा सबै भन्दा अगाडी रहेको बताउँदै उनीहरुले गाई नेपालको राष्ट्रीय जनावर भएकोले काटेर खान नसकिने कुरा फेसबुक मार्फत उल्लेख गरेका छन्।

मुस्लिम समुदायमा गाईको मासु खानु ठुलो कुरा होइन।  तर गाई नेपालको राष्ट्रीय जनावर भएकोले राष्ट्रीयता प्रति बफादार नेपाली मुस्लिम समुदायले गाईहत्याको प्रतिबन्दलाई पालना गरिरहेको उनीहरु बताउँछन्।

नेपाली मुस्लिम हुनुमा गर्व भएको बताउँदै लियाकत अलि भन्छन्, ‘अन्तिम सम्म देशको लागि लडिरहने छु!’

उनीहरुले सामाजिक सद्भाव काय राख्न सबैलाई आह्वान पनि गरेका छन्।

सम्पादन गरिएको: March 27, 2018, 12:40 pm

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am