Categories: समाज

लियो जिल्ला परिषद् ३२५ बि १को राष्ट्रिय अध्यक्षमा लियो विशाल रिजालको उमेदवारी

लायन्स क्लब अन्तरास्ट्रिय , लायन्स जिल्ला ३२५ बि१ नेपाल अन्तर्गतको लियो जिल्ला परिषद् ३२५ बि १ को वर्ष २०१८ – २०१९ का लागि राष्ट्रिय अध्यक्षमा लियो विशाल रिजालले उमेदवारी दिएका छन् ।

लियो क्लब अफ काठमाडौ वालाजू हाईटको प्रस्ताव र काठमाडौं, मकवानपुर , नुवाकोट, धादिङ्ग, लगायतका जिल्लाहरुको २० भन्दा बढि लियो क्लबहरुको समर्थनमा रिजालले उमेदवारी दर्ता गराएका हुन ।

काठमाडौको सामाखुसी स्थित स्काई पार्टि प्यालेसमा भएको उमेदवारी दर्ता कार्यक्रमा बोल्दै उमेदवार रिजालले परिषद्का ६५ ओटा क्लबमा रहेका १७०० भन्दा बढि युवाहरुको जोश र जाँगरलाई कुशल नेत्तत्व प्रदान गरी थप उर्जा सहित सामाजिक कार्यमा प्रोत्साहन गर्दै लियो परिषदलाई सकारात्मक उचाइमा पुर्याउन आफु प्रतिवद्घता रहेको कुरा व्यक्त गरे ।

जिल्ला परिषदमा भित्र कुशल , इमानदार र भिजन भएका नेताको रुपमा राम्रो छवि बनाएका रिजाल लियो क्लब अफ काठमाडौ वालाजू हाईटमा ९ वर्ष देखि सक्रिय सदस्य रहि विगत ७ वर्ष देखि परिषदको विभिन्न पदमा आफ्नो कुशल क्षमता प्रदर्शन गर्न सफल भैसकेका छन । रिजाल अध्यक्ष पदका लागि एक्लो उमेदवार भएपनी अध्यक्ष पदका लागी रिजालले आगामि वैशाख ८ गते पोखरामा सम्पन्न हुने लायन्स – लियो परिषदको छैठौं महाधिवेशनमा विश्वासको मत हासिल गर्नुपर्ने हुन्छ ।

लायन्स वर्ष २०१७-१८ मा उपाध्यक्ष पदमा निर्वाचित लियो विशाल रिजालले जिल्ला परिषदलाई नयाँ सकारात्मक उचाइ दिन सक्ने र आफ्नो कुशल नेतृत्व मार्फत लियोहरुलाई सकारात्मक समाज निर्माणमा अझ बढी अग्रसर गराउन सक्ने बताउदै जिल्ला परिषदका ३२५ बि १ का पूर्व अध्यक्ष लियो अशोक पौडेलले रिजालको पक्षमा शतप्रतिसत विश्वासको मत दिनुहुन सम्पूर्णमा अनुरोध गरे ।

सम्पादन गरिएको: March 27, 2018, 11:34 pm

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am