पोखरेली युवा उत्रिए बलात्कार विरुद्ध सडकमा


दिनानुदिन बलात्कारका एक पछी अर्को घटनाहरु सार्वजनिक हुँदै गर्दा देशभरका अभियानता युवाहरु सडकमा  उत्रिरहेका छन्।  पोखराका युवाहरुले पनि चैत्र १७ गते, शनिबार पोखरामा बलात्कार विरुद्धको र्याली सम्पन्न गरेका छन्।

पोखरामा सामाजिक विकृती विसङ्गती विरुद्द आवाज उठाउदै आईरहेका विभिन्न सामाजिक सन्जालका ग्रुपहरु र पोखरा लेखनाथ महानगरपालिकाका सम्पुर्ण वडाका सक्रिय संघ सस्था, आमा समुह, टोल विकास समिती लगायतको सामुहिक प्रयासमा यस र्याली संपन्न भएको हो।

उक्त कार्यक्रम र्यालीमा मात्र सिमित नभई जनचेतना मुलक कार्यक्रम पनि रहेको अर्पण चौधरीले जानकारी दिए।

र्यालीमा ‘सोच बदालौ !’,  ‘नारीको शरीर खेलौना होइन !’, ‘डेथ फर रेपिस्ट’, ‘कडा कानुन लेखिदे संविधान, बलात्कार विरुद्ध हाम्रो अभियान’ लगायत नारा लेखिएको फ्लेक्स, ब्यानर, आदी प्रदर्शन गरिएको थियो।

पोखरेली युवा उत्रिए बलात्कार विरुद्ध सडकमा
पोखरेली युवा उत्रिए बलात्कार विरुद्ध सडकमा

 

Loading...