छोराछोरीलाई नपढाउनेलाई उपमहानगरपालिकाले सेवा सुविधा नदिने


बुटवल उपमहानगरपालिकाले विद्यालय शिक्षालाई विशेष जोड दिदै कडा कदल चालेको छ। मेयर शिवराज सुवेदीले उमेर पुगेका छोराछोरीलाई विद्यालयमा भर्ना नगर्ने तथा भर्ना गरेर पनि पढ्न नपठाउनेहरुलाई उपमहानगरपालीकाको सबै सेवा सुविधाबाट बन्चित हुने गरि सुचना जारी गर्नको लागि सबै वार्डहरु तथा मातहतका कार्यालयहरुलाई पत्र लेखेका छन्।

मेयर सुवेदीले उमेर पुगेका बालबालिकालाई विद्यालयमा भर्ना नगराउने तथा भर्ना गराएर पनि पढ्न नपठाउने अभिभावकहरुको लगत संकलन गरि पठाउन सबै वार्डहरुलाई भनेका छन्। यसका साथै, भर्ना अभियानलाई प्रभावकारी बनाउन निर्देशन जारी गरेका छन्।

बुटवल उपमहानगरपालीकाले विद्यार्थी भर्नालाई आकर्षित गर्नको लागि विशेष कदम पनि चालेको छ। वैशाख १ गते देखि १४ गतेसम्ममा विद्यालयमा भर्ना हुने बालबालिकालाई पुर्व सेटमा पाठ्यपुस्तकहरु तथा विशेष रुपमा स्वागत गरिने छ।

विद्यालय भर्ना भई नियमित रुपमा विद्यालय गएका अति बिपन्न विद्यार्थीहरुलाई खाजाखर्चको रुपमा दैनिक रु. २० अभिभावक मार्फत उपलब्ध गराइरहेको छ। सामुदायिक विद्यालयमा प्रारम्भिक तहका सबै छात्राहरुलाई र प्रारम्भिक तथा माध्यामिक तहमा सबै दलित छात्रछात्राहरुलाई वार्षिक रु. ४०० छात्रवृत्ती उपलब्ध गराएको छ।

बुटवल उपमहानगरपालीकामा हाल ३९ सामुदायिक विद्यालय, ६१ प्रारम्भिक वालविकास केन्द्रतथा ६२ संस्थागत विद्यालयहरू रहेको छन्।

 

Loading...