यस्तो रह्यो सन्दिप लामिछानेको आइपिएल यात्रा, बने सुपर खेलाडी


सन्दिप लामिछानेको ३ विकेट सहितको उकृष्ट प्रदर्शनको मद्दतले मुम्बई इण्डियन्सलाई जितेपछी आइतबारबाट दिल्लीको आइपिल यात्राको सुखद समापन भएको छ।

सुरुवाती ११ खेलमा बेन्चमा नै बिताएका सन्दीपले जब खेल्ने मौका पाए तब त्यसको भरपुर फाइदा लिए। अन्तिम ३ खेलमा मात्र खेल्ने मौका पाएका सन्दिपले कुल ५ विकेट लिन सफल भए। उनको इकोनोमी रेट पनि उत्कृष्ट रह्यो।

आफ्नो पहिलो खेलमा उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए। उत्कृष्ट इकोनोमी रेट सहितको १ विकेट लिएको यस खेलबाट उनले निक्कै तारिफ भयो। यद्यपी उक्त खेलमा दिल्ली ५ विकेटले पराजित भएको थियो।

उनको दोस्रो खेल चेन्नई सुपर किंग्सविरुद्ध थियो जसमा उनले १ विकेट मात्र लिएनन्, ‘स्टाइलिस प्लेयर अफ द म्याच’ नै बने। धुरन्धर खेलाडी महेन्द्र सिंह धोनी र सुरेस रैनाको साझेदारी तोड्न सफल भएका उनले ४ ओभरमा जम्मा २१ रन खर्चेका थिए। उक्त खेलमा दिल्लीले चेन्नई विरुद्ध ३४ रनको जित निकाल्न सफल भएको थियो।

आइतबार भएको अन्तिम खेलमा त सन्दिपले उत्कृष्टतम प्रदर्शन गरेर सबैलाई चकित बनाए। उनी ४ ओभरमा ३६ रन खर्चेर ३ महत्वपुर्ण विकेट लिन सफल भए। पहिलो ओभर नै बलिङ गर्न आएका उनले १३ रन खर्चेर १ विकेट लिएका थिए। खेलको १० औँ ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङ् गर्दा सन्दीपले  ६ रन खर्चेर २ विकेट लिए। आफ्नो तेस्रो ओभरमा १३ रन खाए पनि  चौथो ओभरमा ४ रन मात्रै खर्चिएर आफ्नो उत्कृष्ट इकोनोमी रेट कायम राखे।

सन्दिपको उत्कृष्ट प्रदर्शनबाट उनको विश्व क्रिकेट यात्रा अत्यन्त स्वर्णिम हुने लगभग निश्चित भएको छ। सम्भवत: दिल्ली अहिले सन्दिपलाई सुरुका खेलमा नखेलाएकोमा पछुताएको हुनु पर्छ। उता दिल्लीको प्लेअफको यात्रा समाप्त भए पछी नै अवशर पाएका सन्दिपले भने अन्तिम ३ खेलमा आफुलाई प्रमाणित गर्न कुनै कसर बाँकी राखेनन्।

Loading...