यस्ताे छ वर्ल्डकपकाे समय तालिका (नेपाली समय अनुसार)


फुटबलको जगतमा फिफा विश्वकपले संसार भरिका सबै वर्ग तथा उमेर समूहका मानिसहरुको मनमा एक प्रकारको खुलदुली मचाउने गर्दछ । यसै सन्दर्भमा एक्काइसौं ‘फिफा विश्वकप’ १४ जुन २०१८ देखि १५ जुलाई २०१८ (३१ जेष्ठ देखि ३० आषाढ २०७५)सम्म रुसमा हुनलागेको छ ।

३२ वटा राष्ट्रहरूले सुरुवातिमा आठवटा समूहहरुमा रहेर विश्वकपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् । युरोपबाट रुस (होस्ट), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्तुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रहरुले भागलिने छन् ।

त्यसैगरि एसियाबाट खेल्ने राष्ट्रहरुमा ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रहरू छन् । अफ्रिकाबाट भागलिने ५ राष्ट्रहरूमा नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को रहेका छन ।

उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरि ३ राष्ट्रहरू रहेकाछन भने दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरु गरि ५ राष्ट्रहरूले भाग लिनेछन ।

यी राष्ट्रहरु निम्नानुसारका समूहहरूमा बाँडिनेछन् । पहिलो समूहः रुस, साउदी अरेबिया, इजिप्ट र उरुग्वे दोस्रो समूहः पोर्तुगल, स्पेन, मोरक्को र ईरान तेस्रो समूहः फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क चौथो समूहः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया पाँचौं समूहः ब्राजिल, स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया छैटौं समूहः जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) सातौं समूहः बेल्जीयम, पानामा, टिउनेसिया र बेलायत आठौं समूहः पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान समूहगत खेलको समय तालिका (नेपाली समय अनुसार) ३१ जेष्ठ २०७५ (साँझ ८:४५) रुस र साउदी अरेबिया (पहिलो समूह)

  • १ आषाढ : (साँझ ५:४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ ८:४५) मोरक्को र इरान (दोस्रो समूह) (राती ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह)
  • २ आषाढ : (साँझ ५:४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ६:४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह) (राती ९:४५) पेरु र डेनमार्क (तेस्रो समूह) (राती १२:४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)
  • ३ आषाढ : (साँझ ५:४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह) (साँझ ८:४५) जर्मनी र मेक्सिको (छैटौं समूह) (राती ११:४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह),
  • ४ आषाढ : (साँझ ५:४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह) (साँझ ८:४५) बेल्जियम र पानामा (सातौं समूह) (राती ११:४५) टिउनेसिया र बेलायत (सातौं समूह)
  • ५ आषाढ : (साँझ ५:४५) कोलम्बिया र जापान (आठौं समूह) (साँझ ८:४५) पोल्याण्ड र सेनेगल (आठौं समूह) (राती ११:४५) रुस र इजिप्ट (पहिलोसमूह)
  • ६ आषाढ : (साँझ ५:४५) पोर्तुगल र मोरक्को (दोस्रो समूह) (साँझ ८:४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह) (राति ११:४५) इरान र स्पेन (दोस्रोसमूह)
  • ७ आषाढ : (साँझ ५:४५) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ८:४५) फ्रान्स र पेरु (तेस्रो समूह) (राती ११:४५)अर्जेन्टिना र क्रोएसिया (चौथोसमूह)
  • ८ आषाढ : (साँझ ५:४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह) (साँझ ८:४५) नाइजेरिया र आइसल्याण्ड (चौथो समूह) (राती ११:४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौंसमूह)
  • ९ आषाढ : (साँझ ५:४५) बेल्जियम र टिउनेसिया (सातौं समूह) (साँझ ८:४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह) (राती ११:४५) जर्मनी र स्वीडेन (छैटौंसमूह)
  • १० आषाढ : (साँझ ५:४५) बेलायत र पानामा (सातौं समूह) (साँझ ८:४५) जापान र सेनेगल (आठौं समूह) (राती ११:४५) पोल्याण्ड र कोलम्बिया (आठौं समूह)
  • ११ आषाढ : (साँझ ७:४५) उरुग्वे र रुस (पहिलो समूह) (साँझ ७:४५) साउदी अरेबिया र जापान (पहिलो समूह) (राती ११:४५) स्पेन र मोरक्को (दोस्रो समूह) (राती ११:४५) इरान र पोर्तुगल (दोस्रो समूह)
  • १२ आषाढ : (साँझ ७:४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह) (साँझ ७:४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह) (राती ११:४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह) (राती ११:४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)
  • १३ आषाढ : (साँझ ७:४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह) (साँझ ७:४५) मेक्सिको र स्वीडेन (छैटौं समूह) (राती ११:४५) सर्बिया र ब्राजिल (पाँचौं समूह) (राती ११:४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)
  • १४ आषाढ : (साँझ ७:४५) जापान र पोल्याण्ड (आठौं समूह) (साँझ ७:४५) सेनेगल र कोलम्बिया (आठौं समूह) (राती ११:४५) पानामा र टिउनेसिया (सातौं समूह) (राती ११:४५)

बेलायत र बेल्जियम (सातौं समूह) यी खेलहरूबाट प्रत्येक समूहबाट पहिलो र दोस्रो गरि छानिएर १६ वटा राष्ट्रहरू नकाउट राउण्डमा जानेछन् । राउण्ड – १६ आषाढको १६ गते बाट १९ गतेसम्म चल्ने छ । ती १६ राष्ट्रहरु मध्ये ८ वटा क्वार्टर फाइनलमा जानेछन् (आषाढ २२ र २३ गते) त्यसबाट छानिएर ४ वटा सेमिफाइनलमा जानेछन् (आषाढ २६ र २७ गते) सेमि फाइनलमा हार्ने २ राष्ट्रहरुको टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् (आषाढ ३० गते) भने जित्नेहरुले आषाढ ३१ गते विश्वकपको फाइनलमा भिड्ने छन् ।

Loading...