क-कसले बाजी मार्छन त आज : विश्व कप २०१८


जर्मनी Vs मेक्सिको

आजभोली बजारको ध्यान विश्वकप फुटवलले खिचेको छ । विश्वकप आयोजक देश तथा सहभागी राष्ट्रहरुमा मात्र होइन, विश्वभरका सबै जसो देशमा विश्वकपको रौनक हुने गरेको छ । नेपाल विश्वकपमा सहभागि नभएकोले पनि नेपालीहरु बिभिन्न देशको समर्थनमा रमाईरहेका छन् ।  विश्वकपका सबै संस्करणमा सहभागिता जनाउने टोली जर्मनी पनि हो । विश्व फुटबलको महारथी मानिएको जर्मनीले ४ पटक विश्वकप उपाधी उचालिसकेको छ । उसले बिभाजन हुँदा पश्चिम जर्मनीको तर्फबाट ३ र एकीकरणपछी एक पटक विश्वकप जितेको हो । आज नेपाली समय अनुसार ८:४५ मा हुने समुह F  को खेल जर्मनी र मेक्सिको बीच हुने छ

 

 ब्राजिल Vs  स्विजरल्याण्ड 

ब्राजिल राष्ट्रिय फुटबल टीमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाउने गर्छ ।फिफा विश्वकपको सबैभन्दा सफल यस टिमले पाँच पटक विश्वकप र चार पटक कन्फेडेरेसन कप समेत जित्न सफल भएको छ। ब्राजिलले पहिलोपटक २०१६ को ओलम्पिक खेलमा गोल्ड मेडल जित्न  सफल भएको थियो ।घरेलु समर्थ र मैदानको फाइदा उठाउदै चिर परिचित प्रतिद्वन्द्वी जर्मनीलाई  टाइब्रेकरमा पाखा लगाइ जितेको थियो । ब्राजिल राष्ट्रिय फुटबल टीम लफिफा विश्वकपको सबैभन्दा सफल यस टिमले चार पटक कन्फेडेरेसन कप जित्न सफल भएको छ।जसले गरि १९९७,२००५,२००९,२०१३ चारपटक कन्फेडेरेसन कप जितेको हो l   आज नेपाली समय अनुसार राति ११:४५ मा हुने समुह E को खेल ब्राजिल र स्विजरल्याण्ड बीच हुने छ

सुरुमा जर्मनी र मेक्सिको बीच खेल हुने छ भने दोस्रो खेल ब्राजिल र स्विजरल्याण्ड हुने छ

Loading...