चौथो गोर्खाली रनिगं कपको टाईसिट सार्वजनिक,कूल ३० टिम सहभागी


जापानमा रहेका नेपालीहरु माझ चिरपरिचित क्लब टोकियो ब्रदर्सको आयोजनामा हरेक वर्ष टोकियोमा हुने गोर्खाली रनिगं कपको चौथो संस्करण लागी आज टाईसिट सार्वजनिक भएको छ।

अर्को हप्ता जुन २४ तारिखका दिन हुने प्रतियोगिताको लागी टोकियो सिनओकुबो स्थित नाँग्लो रेष्टुरेन्ट मा एक कार्यक्रमका बिच टाईसिट सार्वजनिक गरिएको हो।

कूल ३० टिमको सहभागिता रहने प्रतियोगिता निसिहाचिओजी स्थित फुटसल मैदानमा सम्पन्न हुनेछ। सहभागी ३० वटा टिमहरुलाई ८ वटा समुहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतियोगिता खेलाईनेछ।जसमा समुह ‘ए’ र समुह ‘एच’ मा ३/३ टिम परेको छ भने अन्य ६ समुहमा ४/४ टिम पर्न गएको छ।

विजेताले पाँच लाख चार हजार छ सय चौबिस ऐन,उप विजेताले दुई लाख चार हजार छ सय चौबिस ऐन र सेमिफाईनलमा पुग्ने दुई टिमले पचास हजार ऐन प्राप्त गर्नेछ।साथै विजेता,उपविजेता र व्यक्तिगत विधा तर्फका उत्कृष्ट खेलाडीहरुलाई ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था पनि गरिएको छ।

tisheet

Loading...