२०८०, २५ जेष्ठ बिहीबार

क्यानद्वारा मुख्य प्रशिक्षकको दरखास्त आह्वान

नयाँप्रहर संवाददाता
Share:

कार्तिक १ काठमाडौं । लामो समयदेखि मुख्य प्रशिक्षक विहिन नपाली क्रिकेट टोलीको प्रशिक्षकका लागि दर्खास्त आह्वान गरिएको छ। मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि पद पूर्तिको लागि क्यानले सोमबार मुख्य प्रशिक्षकको दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले आफ्नो विस्तृत विवरण र पदको लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने छन् ।

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।

६७ वर्षीय ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर, उनले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।

कस्तो व्यक्तिले दिन सक्छन् मुख्य प्रशिक्षकको लागि दरखास्त ?

– इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ का प्रशिक्षक रहेकाले

– आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्रमा पाँच वर्ष प्रशिक्षकको भूमिका निभाएकाले

– क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेका

प्रकाशित मिति: २०७८, १ कार्तिक सोमबार ०५:३८ at 5:38 am

Share:

प्रतिक्रिया दिनुहोस्

थप