२०८०, २५ जेष्ठ बिहीबार

मार्से भिडन्तमको स्वाद चख्दै मेस्सी

नयाँप्रहर संवाददाता
Share:

कार्तिक ६ काठमाडौं । फुटबल स्टार लियोनल मेस्सीले यस सप्ताहन्तमा पहिलो पटक फ्रान्सेली फुटबलको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीको नयाँ स्वाद चाख्ने भएका छन्। जति बेला लिग वानमा आइतबार उनको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्सेको सामना गर्नेछ ।

यी दुई टिमबीचको भिडन्तलाई ‘ले क्लासिके’ भन्ने गरिन्छ । सन् १९९० यता यो प्रतिद्वन्द्वीता सुरु भएको हो ।

कुनै समय थियो मार्से फ्रान्सेली फुटबलको नम्बर १ मा थियो र उसले केही समयकै लागि भए पनि युरोपमा आफ्नो प्रभुत्व कायम राखेको थियो ।

अब त्यो समय रहेन। पीएसजीमा कतारी लगानी खनिएपछि मार्से हराए जस्तै भएको छ । पछिल्लो एक दशकमा पीएसजी एकै पल्ट मात्र मार्सेको हातबाट पराजित भएको छ ।

अन्यथा जित सबै पीएसजीकै नाममा हुने गरेको छ । तर पनि पुरानो प्रतिद्वन्द्वीता भने मेरेको छैन् । एक सिजन अगाडि पीएसजीले युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्न नसक्दा सबैभन्दा खुसी हुने थिए, मार्सेकै समर्थक । यस्तो छ, यी दुईको प्रतिद्वन्द्वीता । एकको दु:खमा अर्को खुसी हुने ।

पीएसजीका मिडफिल्डर आन्द्रे हरेरा पनि मान्छन्, जति जति बेला मार्सेविरुद्ध खेल हुन्छ, त्यो कहिले पनि सजिलो हुन्न, चाहे परिस्थिति जस्तै होस।

अहिले यही प्रतिद्वन्द्वीतामा मेस्सी थपिएका छन् । जति बेला उनका पुरानो क्लब बार्सिलोनाले रियल मड्रिडको सामना गर्नेछ, त्यस लगतै मेस्सीले लगभग उत्तिकै प्रतिद्वन्द्वीताको खेल खेल्नेछ ।

– एएफपीको सहयोगमा 

प्रकाशित मिति: २०७८, ६ कार्तिक शनिबार ०४:३५ at 4:35 am

Share:

प्रतिक्रिया दिनुहोस्

थप