नेपालले पायो पहिलो पटक ओडिआई स्ट्याटस, नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धी


आज नेपालले पपुवा न्यूगिनीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले इतिहासमा नै पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ।

२२ वर्षीय क्रिकेट इतिहासमा नेपालले पाएको यो नै सबै भन्दा ठुलो सफलता हो। र यो सफलता नेपालले एक खेल अगावै प्राप्त गरेको छ। नेपालले शनिबार सातौँ स्थानको लागि नेदरल्याण्डसँग खेल्नेछ।

प्रतियोगिताको आज भएको प्लेअफमा नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले हराएको थियो भने नेथरल्याण्डले हङकङ ४४ रनले पराजित गरेको थियो।

आइसिसीको १२ टिम बाहेक यस पटक नेदरल्याण्ड, स्कटल्याण्ड, युएई र नेपालले एक दिवसीय  अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेका छन्। हंगकंग र पपुवा न्युगिनीले भने ओडिआई स्ट्याटस गुमाएका छन्।

१९९६मा आइसिसीको एसोसियट राष्ट्रको मान्यता पाएको नेपालले यस अघि टी-२० अन्तर्राष्ट्रीय मान्यता प्राप्त गर्दै २०१४को टी-२० विश्वकप खेलेको थियो।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *