धुर्मुस-सुन्तली र मुख्यमन्त्री पौडेल क्रिकेट स्टेडियम लागि जग्गाको खोजीमा


धुर्मुस सुन्तली फ़ाउण्डेसनले अन्तराष्ट्रीय क्रिकेट स्टेडियम बनाउने जिम्मा लिएसँगै उपयुक्त स्थलको खोजीमा जुटेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान नाम दिइएको यस परियोजनाको लागि उपयुक्त स्थानको खोजीमा हिजो धुर्मुस सुन्तली फ़ाउण्डेसनका प्रतिनिधिहरू र प्रदेश ३ मुख्य मंत्री डोरमणी पौडेल भक्तपुर पुगेका हुन्।

यस टोलीले हिजो टोलीले भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा आज अवलोकन गरेको छ।

मुख्यमंत्री पौडेलसँगै पहेनडोल पुगेका सिताराम कट्टेल धुर्मुसले नेपाल सरकारको साथले थप उत्साहित भएको जनाएका छन्।

यसका साथै उनले क्रिकेट स्टेडियम निर्माणको लागि सबै तह र तप्काबाट प्रतिबद्धता मिलिरहेको बताएका छन्। ‘सबैतिरबाट आइरहेको प्रतिबद्धताले हामीलाई थप उत्साहित बनाएको छ’, उनले बताए।

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111