क्रिकेट स्टेडियम निर्माण स्थलको खोजीमा धुर्मुस-सुन्तलीलाई गर्नुहोस् सहयोग


धुर्मुस-सुन्तली फ़ाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रीय क्रिकेट स्टेडियम निर्माणको जिम्मा लिए लगत्तै निर्माण स्थलको खोजीमा जुटेका छन्।

हिजो उपयुक्त स्थानको खोजीमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलसँगै भक्तपुरको पहेनडाँडा पुगेका सिताराम कट्टेल धुर्मुसले उपयुक्त निर्माण स्थलको खोजीमा सहयोग गर्न सबैलाई आह्वान गरेका छन्।

फेसबुक मार्फत सिताराम कट्टेलले भने, ‘अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि उपयुक्त जग्गा यहाँहरुको ठाउँमा पनि छन् भने कृपया हामीलाई जानकारी गराईदिनुहुन सबैसँग अनुरोध गर्दछौ।’

कसरी सहयोग गर्ने त?

सिताराम कट्टेल ‘धुर्मुस’ले उपयुक्त जग्गाबारे सुझाव संकलनको लागि फोन नंबरहरु सार्वजनिक गरेका छन्। तपाइँ निम्न नम्बरहरुमा सम्पर्क गरी अन्तर्राष्ट्रीय क्रिकेट स्टेडियमको लागि तपाइले देखेको उपयुक्त जग्गाको बारेमा सुझाव दिन सक्नुहुन्छ:
९८४१२२९९१२,
९८०३४७२४७६ वा
०१-४४८२९७१

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111