Categories: प्रविधि

टेकट्रिक्स – २०१८ को मेगा ईभेन्ट जेष्ठ २५ र २६ गते

सोसाइटी अफ इन्फर्मेशन टेक्नोलोजी स्टुडेन्ट्स (Society of information Technology Students) SITS ले आयोजना गर्न लागेको टेकट्रिक्स – २०१८ को मेगा ईभेन्ट यहि जेष्ठ २५ र २६ गते हुने भएको छ । न्यु समिट कलेज, हिमालय कलेज, अर्किड कलेज जस्ता काठमाडौंका १० भन्दा बढी आईटी रिलेटेड कलेजहरुको सहकार्यमा हुन गैरहेको उक्त मेगा ईभेन्टमा क्यान र सिकोनले समेत सपोर्ट गरिरहेको छ ।

गत चैत्र १० देखि प्रत्यक शनिबार र आइतबार प्रि-ईभेन्ट्सहरु भैरहेको टेकट्रिक्समा आइटी संग सम्बन्ध राख्ने विद्यार्थीहरुले प्रशस्त लाभ लिईरहेको बताइन्छ । ७ ओटा प्रि-ईभेन्ट्सहरु सकाइसक्दा करिब ५०० भन्दा बढी विद्यार्थीहरु उपस्थित भैसकेका छन ।

प्रिईभेन्ट्सहरुको सङ्क्षिप्त जानकारी ।

पहिलो प्रिईभेन्ट :-

गत चैत्र १० गते देखि सुरु भएका प्रि-ईभेन्ट्सहरु मध्य सबैभन्दा पहिलो प्रि-ईभेन्ट चैत्र १० गते प्यानल डिस्कशन “Career in SEO: An interactive look at the world of SEO “ मा भएको थियो । जसमा अतिथिहरु योमन महर्जन, चेत राज भण्डारि र प्रविन श्रेष्ठ आएका थिए । उक्त प्यानल डिस्कशनमा करिब ८० जना विद्यार्थीहरु सहभागी थिए ।

दोस्रो प्रिईभेन्ट :-

त्यस्तै, चैत्र १७ गते “Getting started with AI & Data” मा प्यानल डिस्कशन भएको थियो । जसमा क्षितिज रिमाल, प्रविन पौडेल, र कृष्ण राज दाहाल प्रमुख अतिथीहरुकोको रुपमा थिए । चैत्र १८ गते आइतवार “Machine Learning 101” मा वर्कशप भएको थियो । उक्त वर्कशपको सम्पुर्ण जिम्मा AIDevNepal को टिमले लिएको थियो । उक्त वर्कशपमा AIDevNepal को टिममा ५ जना संस्थापक संचालकहरुमा आशिष पराजुली, निशान्त पन्त, क्षितिज मण्डल, एन्जिला आचार्य र शुलभ श्रेष्ठ आएका थिए भने मेन्टरको रुपमा राजु थापा, श्रेया शाक्य, श्रुति श्रेष्ठ, राईसा श्रेष्ठ, मनिष महर्जन, आएका थिए । वर्कशपबाट ३० जना विद्यार्थीहरु लाभान्वित भएका थिए ।

तेस्रो प्रिईभेन्ट :-

त्यस्तै, तेस्रो प्रि-ईभेन्टमा चैत्र २४ गते “Getting started with Design & UX” मा प्यानल डिस्कशन भएको थियो । उक्त ईभेन्टमा आयुष श्रेष्ठ, मनि कपाली र अमित बज्राचार्य मुख्य अतिथिको रुपमा आएका थिए । उक्त प्यानल डिस्कशनमा करिब ८० को हाराहारिमा विद्यार्थीहरु सहभागी थिए ।

चौथो प्रिईभेन्ट :-

टेकट्रिक्स – २०१८ को चौथो प्रि-ईभेन्टमा गत वैशाख ८ गते Future of web with “wordpress” मा भएको थियो । जसमा अतिथिहरुमा उत्सव सिङ्ग राठोर, विप्लव सुवेदी, सुवास खड्का, र सुरेन्द्र श्रेष्ठ आएका थिए । र सङ्सङ्गै वैशाख ९ गते “WP themes” मा वर्कशप भएको थियो । जसमा Wp-Drizzle बाट विप्लव सुवेदीले वर्कशप गराएका थिए ।

पाचौं प्रिईभेन्ट :-

त्यस्तै, पाचौं प्रि-ईभेन्टमा गत वैशाख १५ गते “Mobile Development What’s in it?” मा प्यानल डिस्कशन भएको थियो । जसमा अतिथिहरुमा अनिश श्रेष्ठ, र रोशन गौतमको उपस्थिति रहेको थियो । उक्त प्यानल डिस्कशनमा करिब ६० को हाराहारिमा विद्यार्थीहरु सहभागी थिए । र सङ्सङ्गै वैशाख १६ गते “Mobile Development What’s in it?” मा भएको वर्कशपमा ३० जना विद्यार्थीहरु लाभान्वित भएका थिए ।

छैटौं प्रिईभेन्ट :-

त्यस्तै, छैटौं प्रि-ईभेन्टमा गत जेष्ठ ५ गते न्यु समिट कलेजमै “Soft Skills for Life and Business” मा सोनम टासी शेर्पा र शुशान्क श्रेष्ठ बाट सफ्ट स्किल्ल्स को बारेमा प्रिजेन्टेशन र ट्रेनिङ्ग दिइएको थियो । उक्त ईभेन्टमा करिब ६५ को हाराहारिमा विद्यार्थीहरु सहभागी थिए ।

सातौं प्रिईभेन्ट :-

त्यस्तै, सातौं प्रि-ईभेन्टमा गत जेष्ठ ६ गते न्यु समिट कलेजमै “Invention cycle” मा वर्कशप भएको थियो । उक्त ईभेन्ट माक्रोशफ्टका “Technical Evengalist” विवेक चौधरी ले गराएका थिए । उक्त वर्कशपमा २५ जना विद्यार्थीहरुले वर्कशप गरेका थिए ।

अब हुने जेष्ठ १९ गते हुने आठौं प्रि-ईभेन्ट “Game Development” मा प्यानल डिश्कशन र वर्कशप हुनेछ ।

जेष्ठ २५ र २६ गते हुन लागेको मेगा ईभेन्टमा ३००० भन्दा बढी विद्यार्थी उपस्थित हुने आयोजकको दाबी छ । सुचना र प्रविधी क्षेत्रमा कम्पनी र विद्यार्थी बिचको दुरिलाई मेटाउने टेकट्रिक्स – २०१८ को मुख्य उद्देश्य रहेको आयोजक सोसाइटी अफ इन्फर्मेशन टेक्नोलोजी स्टुडेन्ट्सले बताएको छ । उक्त दुई दिने ईभेन्टमा आईटी कम्पनिहरुबाट १०० भन्दा बढी विभिन्न दक्ष ब्यक्तिहरुको उपस्थिति रहने, ३००० भन्दा बढी भिजिटर्स आउने अनुमान लगाइएको छ ।

उक्त ईभेन्टमा करियर काउन्सिलिङ्ग, प्रोजेक्ट डेमोन्स्ट्रेसन, ह्याकाथोन, गेमिङ्ग सेसन (फिफा, क्ल्याश रोयल, मिलि मिलिसिय र सि.एस ) र नेटवर्किङ्ग सेसन रहने बताइएको छ । प्लुस टु पास गरेका विद्यार्थीहरु देखि लिएर ब्याचेलोर र ब्याचेलोर पास आउट विद्यार्थी सबैको लागि टेकट्रिक्स – २०१८ फलदायी हुने अनुमान विद्यार्थीहरुले गरिरहेका छ्न ।

सम्पादन गरिएको: June 3, 2018, 4:54 pm

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am