विशेष आर्थिक क्षेत्रमा चाहिएजति विजुली दिन्छौं : कुलमान


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत उपलब्ध गराउने घोषणा गरेका हुन् ।नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत अभाव हुन नदिने घोषणा गरेको छ ।प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विद्युत उपलब्ध गराउन कुनै पनि समस्या रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारे ।

सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुको व्यवस्था गरिसकेको प्राधिकरणको दावी छ ।

Loading...