साउदी अरेबियाको रोबोट नागरिक सोफियालाई नेपाल ल्याइदै, कस्तो छ त विशेषता?


विश्व कै पहिलो नागरिकताधारी रोबोट सोफियालाई संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि यही बुधबार नेपाल ल्याइने भएको छ।

२०१७ अक्टोबरमा साउदी अरेबियाको नागरिकता पाएको रोबोट सोफियाको निर्माण हङकङको हृयान्सन रोबटिक्सले गरेको थियो। सोफियालाई २०१५को एप्रिल १९मा एक्टिभेट गरिएको थियो भने २०१६ मध्य मार्चमा पहिलो पटक अमेरिकाको अस्टिनमा सार्वजनिक रुपमा प्रस्तुत गरिएको थियो।

६२ ओटा अनुहारको हाउभाउ देखाउन सक्षम सोफियालाई विश्वभरको मिडियाले प्राथमिकताका साथ कभर गरेका छन्। अन्तर्वार्ताको क्रममा उनले दिने उत्कृष्ठ तथा सहज जवाफ कै कारण पनि यो रोबोट निक्कै चर्चा रहेको छ।

विशेषता:

सोफियाको आँखामा रहेको क्यामेराले सोफियालाई हेर्न मद्दत गर्दछ। निरन्तर एउटै  अनुहार तर्फ हेर्न र अनुहार चिन्न र आई कन्ट्याक राख्न यो रोबोट सक्षम छ।

भोइस रिकग्निसन टेक्नोलोजीको सहायताले सोफियाले मान्छेको बोलीलाई सहज रुपमा पहिचान गर्दछ। अन्तर्वार्ताको क्रममा निक्कै राम्रो उत्तर दिएकै कारण जवाफहरू स्क्रिप्टेड भएको शंका गरिए पनि जवाफहरुका कारण यो रोबोट निक्कै चर्चित बनेको छ। यसका साथै २०१८को जनुअरीमा थपिएको खुट्टाको कारण अब मान्छेले जस्तै हिड्न पनि यो रोबोट सक्षम छ।

आर्टिफ़िसियल इण्टिलिजेन्सबाट काम गर्ने यो रोबोटको ए.आई. सफ्टवेयरको विकासको काम पनि निरन्तर भइरहेकोले क्षमता पनि निरन्तर अभिवृद्धी भइरहने बताइएको छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *