महाबिर पुनको आविस्कार केन्द्रले बनाउँदै छ मेडिकल ड्रोन


सामाजिक अभियानता महाबिर पुनद्वारा खोलिएको राष्ट्रीय आविष्कार केन्द्रले मेडिकल ड्रोनको आविस्कार गरेको छ । उक्त ड्रोनको प्रयोगबाट नेपालको दुर्गम भेगका जनताहरुले धेरै लाभ लिन सक्ने छन ।

स्वास्थ्य मन्त्रालयको समन्वयनमा बनेको उक्त ड्रोनको परिक्षण भने अप्रिल महिनाको पहिलो वा दोश्रो हप्ताबाट हुने , पुनले जानकारी दिनु भयो। परीक्षण पछि उक्त ड्रोनबाट नेपालको दुर्गम भेगमा औषधी, रगत लगायतका स्वास्थजन्य वस्तुको ओसारपसार गर्न सकिने छ । परीक्षण पछि यसलाई उपयुक्त ठाउँमा प्रयोग गरिने छ।

राष्ट्रीय आविष्कार केन्द्रको उदेश्य भनेको नेपाल भएका प्रतिभा र सृजनशिललाई सम्मान गरी उनीहरूलाई काम गर्न मौका दिने र विदेशिनबाट रोक्ने भएको उक्त संस्थाका अध्यक्ष पुनले  जानकारी दिए। केन्द्रले अन्य क्षेत्रमा पनि विभिन्न किसिमको खोज अनुसन्धन गर्दै आइरहेको छ। पुन एसियाको प्रतिष्ठित ‘रोमन म्यगासेसे’ पुरस्कारबाट सम्मानित भएका थिए।

Loading...