हेटौंडामा हुँदैछ आजबाट प्रोजेक्ट म्यानेजमेन्ट संबन्धी २ दिने कार्यशाला


हेटौडा सिटि कलेजले टेक्नोरियो इन्कर्पोरेशनको सहयोगमा आजबाट हेटौडाको होटेल लिडो इनमा प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धि दुई दिने कार्यशाला आयोजना गर्दैछ।

यस कार्यशालाको प्रमुख उद्देश्य सफ्टवेयरको माध्यामबाट बिजनेस प्रक्रिया सुधार गर्न, बिल्डिंग तथा पुलहरुको निर्माण, प्राकृतिक प्रकोपबाट राहत प्राप्त गर्न र नयाँ भौगोलिक बजारमा सेल्सको बृद्दी गर्न कसरी सकिन्छ भन्ने विषयमा हेटौडाका इच्छुक युवाहरुलाई जानकारी दिनु हो।

यस कार्यशालाबाट सूचना प्रविधी (आइटी) विषयका विद्यार्थीहरुलाई प्रोजेक्ट म्यानेजमेन्टका बारेमा क्षमता वृद्दी गर्न सहयोग पुग्ने हेटौडा सिटी कलेजका अध्यापक आकाश गुप्ताले बताए।

टेक्नोरियो कम्पनिको सहयोगमा यस प्रोजेक्ट म्यानेजमेन्ट कार्यशालाको आयोजना हुने भएको हो। टेक्नोरियो कम्पनी एक सफ्टवेयर भेन्डर हो जसले वेब सोलुसन,सफ्टवेयर र एप्लीकेसन डेभलपमेन्ट लगायत धेरै प्रकारका सूचना प्रविधी संबन्धी सेवाहरु समेत समेत प्रदान गर्दछ ।

टेक्नोरियोसँगको सहकार्यले यस कार्यशालालाई थप लाभदायक बनाउने हेटौडा सिटी कलेजले जनाएको छ।

 

Loading...