गोली प्रहार गरिएका घोडाघोडी नगरपालिका प्रमुखलाई उपचारका लागि नेपालगञ्ज लगियो


अज्ञात समूहको आक्रमणबाट घाइते भएका कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । चौधरीलाई खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकोमा खुकुरी प्रहार भएको छ ।

नगरपालिकाको सुख्खड बजारस्थित उनको निवासमा गएर अज्ञात समूहले आज सोमबार साँझ  खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए।

नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेतोपाटिमा खबर छ

 

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *