कार्तिक ७ काठमाडौं। लगातार परेको वर्षाका कारण मनसुनको सुरुवातमै १५ जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरो र डुबान प्रभावित क्षेत्र निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नम्बर १ का जिल्लाहरूमा जाने भएका छन् ।
बाढीपहिरो तथा डुबानले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आइतबार इलामलगायत प्रदेश नम्बर १ भित्रका विभिन्न जिल्लाहरूमा जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री सुनसरी, मोरङ, इलाम र पाँचथरलगायत ठाउँ पुगेर बाढीपहिरो तथा डुवान प्रभावितहरूसँग भेट्ने कार्यक्रम छ। प्रभावित क्षेत्र गएर आजै साँझ काठमाडौं समेत फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीका सोकिय सचिव भानु देउवाले बताएका छन् ।