२०८०, १९ मंसिर मंगलवार

आईसीसी टि ट्वान्टी विश्वकप: भारत र पाकिस्तानबीच हुदैछ भिडन्त

नयाँप्रहर संवाददाता
Share:

कार्तिक ७ काठमाडौं । विश्व क्रिकेटमा सबैभन्दा प्रतिक्षीत भारत र पाकिस्तानबीचको खेल आज हुदैँछ । समूह २ मा रहेका यी टोलीबीचको खेल दुवईमा नेपाली समयअनुसार राती पौने ८ बजेदेखि सुरु हुनेछ ।

विराट कोहलीको कप्तानीमा भारत पहिलोपल्ट ट्वान्टी–२० विश्वकप जित्ने प्रयासमा छ । कुनै पनि फर्म्याटको क्रिकेट विश्वकपमा पाकिस्तानले भारतलाई हराउन सकेको छैन । त्यसैले पाकिस्तानलाई इतिहास बनाउने अवसर छ । सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । अझ सन् २०१६ पछि टी–ट्वान्टी विश्वकप दुई टोली पहिलो पटक खेल्न लागेका हुन् ।

सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो। दुबै टिमले आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध खेल्नेसमेत नगरेको भारतीय संचार माध्यमले ज जनाएका छन । त्यस्तै सारजाहमा हुने पहिलो खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । श्रीलंका र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । दुबै टिम पहिलो चरणबाट आएका टिम हुन् । दुबै टिम सुपर १२ मा समेत जित निकाल्ने योजनामा मैदान उत्रने छन् ।

प्रकाशित मिति: २०७८, ७ कार्तिक आईतवार ०५:२८ at 5:28 am

Share:

प्रतिक्रिया दिनुहोस्

थप