२०८०, १९ मंसिर मंगलवार

प्रदेशसभा बैठक स्थगित गर्न लिखित निवेदन

नयाँप्रहर संवाददाता
Share:

कार्तिक ७ काठमाडौं । नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको छ । कांग्रेस केही सांसदहरुले फ्लोर क्रस गर्ने मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिने सूचना आएपछि प्रदेशसभा बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको हो।

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दैछ । यसबीचमा कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको हो ।

यद्यपि कांग्रेसको निवेदनमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा आउन लागेकाले आजको बैठक सार्न माग गरिएको छ ।९२ सदस्यीय प्रदेशसभामा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । उनलाई वहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । तर विभाजनपछि एमालेका ४१ जनामात्र सांसद छन् ।

राप्रपा र अन्य सानादलसहित कांग्रेसका केही सांसदको समेत समर्थन लिएर आचार्यले सत्ता टिकाउन प्रयास गरेको सूचना विपक्षी गठबन्धनले पाएको छ ।

विपक्षी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार छन् । सभामुख प्रदीप भण्डारीले प्रदेशसभा बैठक रोक्ने वा नरोक्ने निर्णय गर्नुअघि दलहरूसँग परमार्श गर्ने भएका छन् ।

प्रकाशित मिति: २०७८, ७ कार्तिक आईतवार ०६:३९ at 6:39 am

Share:

प्रतिक्रिया दिनुहोस्

थप