कार्तिक ७ काठमाडौँ । नेपालमा चाडपर्वको समय सुरु भए सँगै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४००का डर ले बढेर रु. ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी गराएको छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० हुनेछ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँँ दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।
“आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो । ” महासङ्घ