२०८०, २५ जेष्ठ बिहीबार

झारफुकको बाहानामा श्रीमती र छोरीको हत्या

Share:

इलाम ९, कात्तिक । इलामका एक पुरुषले झारफुकको बाहानामा आफ्नै श्रीमती र छोरीको हत्या गरेको छ । इलाम देउमाई नगरपालिकाका पूर्णचन्द्र तामाङले आफ्नै श्रीमती र छोरीको हत्या गरेका हुन् ।

देउमाई नगरपालिका–५ का ३४ वर्षका तामाङले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको इलाम प्रहरीले जनाएको छ । उनलाई श्रीमती, छोरी र संगै घरपालुवा कुकुरसमेत मारेको आरोप लागेको छ। गएराति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले घटनास्थलतर्फ प्रहरी गइरहेको जानकारी दिनुभयो । दुई जनाको हत्या भएको जानकारी आएको उहाँले बताउनुभयो । ‘प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउँछ समेत प्रहरी नायब उपरिक्षक थापाले बताएका छन्।

प्रकाशित मिति: २०७८, ९ कार्तिक मंगलवार ०७:११ at 7:11 am

Share:

प्रतिक्रिया दिनुहोस्

थप