नेपाल बन्यो संयुक्त राष्ट्रसंघ सम्मेलन समितिको अध्यक्ष


नेपाल संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्ष बनेको छ। राष्ट्रसंघ महासभाले २०१८को लागि नेपाललाई उक्त समितिको अध्यक्षमा नियुक्त गरेपछी नेपाल अध्यक्ष बनेको हो।

नेपालको तर्फबाट उक्त समितिको अध्यक्षता राष्ट्रसंघमा नेपालका सहायक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले गर्ने भएका छन्।

नेपाल यस अघि पनि धेरै पटक यस समितिको सदस्य चुनिए पनि अध्यक्षता भने पहिलो पटक गर्दै छ।

राष्ट्रसंघ महासभा अन्तर्गतको सम्मेलन समितिले संयुक्त राष्ट्रसंघको सचिवालयलाई परामर्श दिने काम गर्दछ। यसका साथै बिभिन्न बैठक, सभा सम्मेलनको आयोजना गर्ने, ती सम्मेलनहरूको मस्यौदा तयार पार्ने तथा वार्षिक रुपमा महासभामा रिपोर्ट पेस गर्ने काम समितिले गर्दछ।

Loading...