शान्ति युगको प्रारम्भ विन्दुमा एउटा नयाँ इतिहास शुरू – किम जङ-अन


दक्षिण कोरियाली राष्ट्रपति मून जे-इन र उत्तर कोरियाली राष्ट्रपती किम जङ-अन बीच शुक्रबार दुई देशको गैर सैनिक क्षेत्रमा भेट वार्ता भएको छ ।

६५ बर्षपछि कोरियाली युद्ध अन्त्य गर्ने उद्देश्यले दुबै काेरिया यही वर्ष भित्र शान्ति सन्धि गर्न सहमत भएका छन् । दुई देशका नेताले पानमुनजोम घोषणापत्र सहित कोरियाली प्रायद्विपमा युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । कोरियाली प्रायद्धिपमा शान्तिको नयाँ युग सुरु भएकाे छ । भेटमा दुवै नेतालाई परम्परागत कोरियाली सम्मान दिइएको थियो । साथै दुई देशको राष्ट्रियगान बजाइएको थियो ।

सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन् । उनले दुई देशबीचको शिखर बैठकलाई एउटा नयाँ शुरूवात भएकाे बताए । दक्षिण कोरियाली भूमिमा पाइला टेकेपछि यहाँको ‘पीस हाउस’को आगन्तुक पुस्तिकामा उनले लेखे “शान्ति युगको प्रारम्भ विन्दुमा एउटा नयाँ इतिहास शुरू” , अाजकाे बैठकले दुई कोरिया बीचको सम्बन्धमा भइरहेका तनाव अन्त्य गरि दुबै देशकाे बिकास हने देखिएकाे छ ।

दुई कोरियाली नेताबीचको वार्तालाई किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच जुन महिनाको शुरूतिर गरिने प्रस्तावित शिखर बैठकको आधारका रूपमा पनि हेरिदैछ। जुनमा पुन: ३ वटै देशकाे शिखर बैठक हुने भएकाे छ । अाज भएकाे दुई कोरियाली नेताबीचको वार्तालाई किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच जुन महिना तिर गरिने शिखर बैठक सफल बनाउने आधारका रूपमा पनि हेरिँदै छ । अबकाे शिखर बैठकमा अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई भेटेको त्याे पहिलो अनाैठाे क्षण हुनेछ।

Loading...