जनकपुरलाई भारतमा गाबियोस भनी ट्विट गर्ने सांसदको भाजपाले गर्यो भर्त्सना
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा रहेको बेलामा भारतीय सांसद किर्ती आजादले मोदीलाई संबोधित गर्दै जनकपुरलाई भारतमा गाबियोस भनेर ट्विट गरेका थिए।
नाकाबन्दीको सम्झना गर्दै मोदी प्रति आक्रोशित रहेका आम नेपालीहरूलाई यो ट्विटले थप आक्रोशित बनाए पछी भारतको सत्तारुढ भारतीय जनता पार्टीले यसको भर्त्सना गरेका छन्। भाजपाका अन्तराष्ट्रीय विभाग प्रमुख विजय चौथाइवालेले ट्विट नै यसको भर्त्सना गरेका हुन्।
विजय चौथाइवालेले आफ्नो ट्विट्मार्फत किर्ती आजाद धेरै अघि भारतीय जनता पार्टीबाट निलम्बित भएको बताएका छन्। ‘नेपालको राष्ट्रीय अखण्डता प्रति भाजपा प्रतिवद्ध छ। हामीले यस्तो दुस्टतापुर्ण ट्विटको भर्त्सना गर्दछौं’ उनले ट्विट्मा लेखेका छन्।
यस्तो छ उनको ट्विट:
Kirti Azad has been suspended from BJP long back. BJP stands for territorial integrity of Nepal. We strongly condemn this mischievous tweet by @KirtiAzadMP https://t.co/vQRD4vQihh
— Vijay Chauthaiwale (@vijai63) May 11, 2018