भारतीय विदेश मन्त्री शुष्मा स्वराजले मागिन् माफी
जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समुदायलाई संबोधन गरेको भन्ने बोलेपछी विवादमा आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले माफी मागेकी छिन्।
सामाजिक संजालमा उनले बोलेको कुराको तिब्र आलोचना भएको थियो। अत्याधिक विरोध आए पछी उनले उक्त भिडियोको प्रत्युत्तर दिंदै गल्ती स्विकारेकी हुन्। उनले ट्विटमा लेखेकी छिन्, ‘त्यो मेरो तर्फबाट भएको गल्ती हो। म यसको लागि माफी चाहन्छु।’
हेर्नुहोस् उनको ट्विट:
This was a mistake on my part. I sincerely apologise for this. pic.twitter.com/S1CpLv8uu0
— Sushma Swaraj (@SushmaSwaraj) May 28, 2018