Categories: विश्व

पनामा पेपर्स-२ : अवैध धन लुकाउनेमा अर्जेन्टिनाको फुटबल खेलाडी लियोनेल मेस्सी पनि

कर्न्सोटियम अफ इन्भेष्टिगेटिभ जर्नलिस्ट (आईसीआईजे) ले बुधबार राति सार्वजनिक गरेको पनामा पेपर्स–२ मा चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीको नाम पनि परेको छ। अवैध धन ट्याक्स हेवनमा लुकाउने विश्वभरका खेलाडीदेखि नेतासम्मको विवरणमा मेस्सीको नाम आएको हो।

मेस्सी र उनका पिता गोर्खे होरासियो मेस्सीले पनामामा खोलिएका अफशोर कम्पनीहरुमार्फत अर्बौं डलर करछली गरेको खुलासा भएको हो। पनामामा उनीहरुले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक गोप्य कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ।

मेस्सीको नाम पहिलो पनामा पेपर्समा पनि ‘मेघा स्टार इन्टरप्राइजेज’ सँगै जोडिएर सार्वजनिक भएको थियो। तर उनले उक्त कम्पनी पुरै निष्क्रिय भएको बताएका थिए। शुक्रबार सार्वजनिक भएको पनामा पेपर्स-२ मा उनले उक्त कम्पनीलाई सक्रिय बनाई फेरी पनि कारोबार गरेको खुलासा भएको छ।

अघिल्लो पनामा पेपर्समा करछली गरेको खुलेपछी स्पेनिस कोर्टले मेस्सीलाई २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना गर्ने सजाय सुनाएको थियो। स्पेनको कानूनअनुसार २ वर्षभन्दा कम सजाय भएको कसुरमा फुटबल खेलाडीले जेल बस्नुु नपर्ने व्यवस्थाका कारण मेस्सीले जेल सजाय भोग्नु परेको थिएन।

मेस्सी सँगै अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो म्यार्की, मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकका भाइ मोहम्मद निजाम विन अब्दुल रजाक, रूसका धनाढ्य तथा राजनीतिकर्मी विटाली मल्किन, लगायत विश्वभरका थुप्रै नेताहरूको समेत विवरण सार्वजनिक भएको छ।

सम्पादन गरिएको: June 21, 2018, 2:27 pm

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am