रहेनन् वैज्ञानिक स्टिफन हकिङ, ७६ वर्षको उमेरमा भयो निधन
विश्व प्रशिद्ध वैज्ञानिक स्टिफन हकिङको आज ७६ वर्षको उमेरमा क्याम्ब्रिजमा रहेको उनको निवासमा निधन भएको कुरा उनको पारिवारिक प्रवक्ताले जनाएका छन्।
१९४२ जनवरी ८ तारिखमा वेलायतको अक्सफोर्डमा जन्मिएका हकिङको जिवन विश्व कै लागि प्रेरणादायी रहेको छ।
हकिङ यस्तो रोगबाट पिडित थिए जसको कारण उनको शरीरको धेरै जसो भाग चल्दैनथे। उनि २१ वर्षको हुँदा चिकित्सकहरुले उनको रोगको कारण उनको आयु बढीमा २ वर्षको हुने जनाएका थिए। तर उनको शरीरमा उक्त रोग निक्कै ढिलो गरि फैलियो र फलस्वरूप विश्वले उनी मार्फत विश्व-व्रमाण्डलाई बुझ्ने नविनतम अवधारणाहरु पायो।
‘म सकेसम्म सामान्य जीवन जिउने र मेरो आफ्नो अवस्थाको बारेमा नसोच्ने प्रयास गर्छु। मलाइ मेरो अवस्थाको कारण मैले गर्न नसक्ने कुराहरु प्रति पछुतो पनि छैन किनकी मैले गर्न नसक्ने कुरा थोरै छन्।’ उनले आफ्नो वेबसाइटमा लेखेका छन्।
ब्याक होलको खोजीका लागि चर्चित बनेका हकिङ उनको पुस्तक ‘ए ब्रिफ हिस्ट्री अफ टाइम’का कारण विश्वविख्यात बन्न पुगे। ‘ए ब्रिफ हिस्ट्री अफ टाइम’को १ करोड भन्दा धेरै प्रति बिक्री भैसकेका छन् र यो पुस्तक ४० ओटा भन्दा बढी भाषामा अनुवाद भएका छन्।
उनको जीवनको बारेमा २०१४मा ‘द थेउरी अफ एभ्रीथिंग’ नामक चलचित्र पनि बनेको थियो।
उनको निधन पछी विश्वले एक महान वैज्ञानिक गुमाएको छ र निक्कै ठुलो बौद्धिक वैक्यूम सिर्जना भएको छ।