Categories: प्रविधिविशेषविश्व

रहेनन् वैज्ञानिक स्टिफन हकिङ, ७६ वर्षको उमेरमा भयो निधन

विश्व प्रशिद्ध वैज्ञानिक स्टिफन हकिङको आज ७६ वर्षको उमेरमा क्याम्ब्रिजमा रहेको उनको निवासमा निधन भएको कुरा उनको पारिवारिक प्रवक्ताले जनाएका छन्।

१९४२ जनवरी ८ तारिखमा वेलायतको अक्सफोर्डमा जन्मिएका हकिङको जिवन विश्व कै लागि प्रेरणादायी रहेको छ।

हकिङ यस्तो रोगबाट पिडित थिए जसको कारण उनको शरीरको धेरै जसो भाग चल्दैनथे। उनि २१ वर्षको हुँदा चिकित्सकहरुले उनको रोगको कारण उनको आयु बढीमा २ वर्षको हुने जनाएका थिए। तर उनको शरीरमा उक्त रोग निक्कै ढिलो गरि फैलियो र फलस्वरूप विश्वले उनी मार्फत विश्व-व्रमाण्डलाई बुझ्ने नविनतम अवधारणाहरु पायो।

‘म सकेसम्म सामान्य जीवन जिउने  र मेरो आफ्नो अवस्थाको बारेमा नसोच्ने प्रयास गर्छु। मलाइ मेरो अवस्थाको कारण मैले गर्न नसक्ने कुराहरु प्रति पछुतो पनि छैन किनकी मैले गर्न नसक्ने कुरा थोरै छन्।’ उनले आफ्नो वेबसाइटमा लेखेका छन्।

ब्याक होलको खोजीका लागि चर्चित बनेका हकिङ उनको पुस्तक ‘ए ब्रिफ हिस्ट्री अफ टाइम’का कारण विश्वविख्यात बन्न पुगे। ‘ए ब्रिफ हिस्ट्री अफ टाइम’को १ करोड भन्दा धेरै प्रति बिक्री भैसकेका छन् र यो पुस्तक ४० ओटा भन्दा बढी भाषामा अनुवाद भएका छन्।

उनको जीवनको बारेमा २०१४मा  ‘द थेउरी अफ एभ्रीथिंग’ नामक चलचित्र पनि बनेको थियो।

उनको निधन पछी विश्वले एक महान वैज्ञानिक गुमाएको छ र निक्कै ठुलो बौद्धिक वैक्यूम सिर्जना भएको  छ।

सम्पादन गरिएको: March 14, 2018, 8:25 am

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am