भ्रष्टाचार आरोपमा कोरियाली पूर्व राष्ट्रपति लि म्यंग बाक पक्राउ


भ्रष्टचारको आरोपमा कोरियाली पूर्व राष्ट्रपति लि म्यंग बाक सियोलको गाङ्गनम स्थित उनकै घरबाट पक्राउ परेका छन्। सियोल उच्च अदालतले उनि बिरूद्दको भ्रष्टाचार मुद्दाको प्रमाणहरूलाई उनले नष्ट गर्ने देखिएकोले पक्राउ गर्न आदेश दिए लगत्तै उनलाई गिरफ्तार गरिएको हो।

उनलाई राष्ट्रपति पदमा हुँदा पदको दूरूपयोग गर्दै ‘डास’ कम्पनी मार्फत विभिन्न समुहबाट १०.५ अमेरिकी डलर लिएको तथा ३५ अर्ब वोन अपचलन गरेको आरोप लगाईएको थियो। कागजमा डास कम्पनीका मालिक उनकै भाइ ली साङ युन रहेको देखिए पनि कोरियाली मिडियाले उनि नै सो कम्पनीको वास्तविक मालिक रहेको बताउछन्।

पूर्व राष्ट्रपति लिले सबै आरोपहरू अस्विकार गर्दै आएका छन् र उनि माथि राजनीतिक प्रतिसोध साँधिएको बताएका छन्। दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपति पार्क ग्यून हे पनि अहिले भ्रष्टाचारको आरोपमा जेलमा रहेकी छिन्।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *