अमेरिकाद्वारा ६० रुसी कुटनीतिज्ञ निष्कासित, रुसी कन्सुलेट बन्द गर्न आदेश


संयुक्त राज्य अमेरिकाको ट्रंप प्रशासनले शितयुद्द पछीको सबै भन्दा ठुलो कारवाही गर्दै ६० रुसी कुटनीतिज्ञहरुलाई निष्कासित गरेको छ। अमेरिकाले सियटलमा रहेको रुसी कन्सुलेट पनि बन्द गर्न निर्देशन दिएको छ।

अमेरिकाले न्यु योर्क स्थित संयुक्त राष्ट्र संघका १२ रुसी कुटनीतिज्ञ र वाशिंगटनमा रहेको रुसी दुतावासका ४८ जना रुसी कुटनीतिज्ञलाई ७ दिन भित्र देश छाड्नु पर्ने गरि निस्काशित गरेको हो।

हालसम्म अमेरिका, वेलायत, जर्मनी लगायत २० राष्ट्रहरुले १०० भन्दा बेसी रुसी कुटनीतिज्ञ तथा गुप्तचरहरुलाई निष्कासित गरिसकेका छन्।

वेलायतमा पुर्व रुसी गुप्तचर सर्गेई स्क्रिपल र उनकी छोरी युलियालाई बिष प्रयोग गरी रुसले हत्या गर्न खोजेको भन्ने आरोपमा वेलायतले रुसी कुटनीतिज्ञहरुलाई निष्कासन गरेको थियो। डबल एजेण्टको रुपमा काम गरेको आरोपमा ती रुसी गुप्तचरलाई रुसले निशाना बनाएको बताइएको छ।

रुसले भने वेलायतको यस आरोपको खण्डन गरिरहेको छ र वेलायत लगायत राष्ट्रहरुले गरिएको कदममा चुप नबस्ने प्रतिक्रिया दिएको छ।

Loading...